प्रधानमन्त्री र दुर्लभ थापाले निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । कामचलाउ भूमिकामा रहेको सरकारले दूरगामी निर्णय गरेको भन्दै आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत जनाएको अवस्थामा नयाँ नीति पारित गरेको हो वा होइन भन्दै आयोगले स्पष्टकीरण सोधेको हो ।
आयोगले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सरकारले नयाँ नीति तथा कार्यक्रम पारित गरेको हो वा होइन ? आयोगको सहमती बेगर नयाँ नीति कार्यक्रम गरेको हो भने सम्बन्धित पदाधिकारीलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने ?’ आयोगले प्रधानमन्त्री कार्यालयलाई बुधबारसम्म यी प्रश्नको जवाफ दिन निर्देशन दिएको छ । आयोगले भक्तपुर क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #प्रधानमन्त्री र दुर्लभ थापाले निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्