भतिजलाई गोली हानेर पुर्वप्रहरीले गरे आत्महत्या
काठमाडौं । झापाको गौरादह नगरपालिका–८ मा एक पुर्वप्रहरीले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
विरेनले हेमराज आफ्नै घर अगाडि चाइनिज पेस्तोलले गोली प्रहार गरेर भागेका थिए। लगत्तै १०० मिटर उतर सुकुना खोला किनारमा कञ्चटमा गोली लागि मृत्यु भएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ।
वीरेनले भतिज १५ वर्षीय हेमराजलाई गोली हानी केही बेरमा आफैँलाई प्रहार गरेका थिए। घाइते उनको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
मृतक विरेन पूर्व सशस्त्र प्रहरी रहेको खुलेको प्रजिअ रिजालले जानकारी दिए।
घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, एक थान गोलीको खोका र १५ राउण्ड गोली फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वीरेन पूर्वसशस्त्र प्रहरी भएको बताइएको छ । उनले तीन वर्षअघि जागिर छोडेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #भतिजलाई गोली हानेर पुर्वप्रहरीले गरे आत्महत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्