एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा सुधार
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
हिजो अपरान्ह् काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमक आइपुगेका ओलीलाई रुघाखोकी संगै ज्वरो आएपछि पूर्वनिर्धारित पत्रकार सम्मेलन लगायतका कुनैपनि चुनाव लक्षित कार्यक्रममा हिजो उनी उपस्थित हुन सकेनन् ।
हिजो बेलुकी पौने ५ बजे दमक ५ स्थित थकाली होटलमा पार्टी सम्बद्ध प्रेस चौतारीले आयोजना गरेको अध्यक्ष ओलीसंगको पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो । तर, अन्तिममा आएर उनी बिरामी भएका कारण उपस्थित हुन नसक्ने जानकारी गराइएको थियो । अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क्षेत्र क का उम्मेदवार समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गराएका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन तयारीबारे जानकारी गराएका थिए । अध्यक्ष ओलीको स्वास्थ्यमा पूरै सुधार भएको दाहालले जानकारी दिएका छन्। आज विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ । यसैगरी, दिउँसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेसमा क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा क्षेत्र नं ५ का कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।
३ गते नागरिकसँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिए । अध्यक्ष ओली ३ गते दिउँसो भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्यमा सुधार, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्