निर्देशन दिँदै देउवाले भने– रुख, हँसिया हतौडा, कलम जे छ त्यसमै भोट हाल्नुस्
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता–कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरेका हुन् ।
‘कलम भएको ठाउँमा कलमलाई नै, हँसिया हतौडा भएको ठाउँमा हँसिया हतौडालाई र रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यति भए पुगिहाल्यो नि । किन चाहियो अरु कुरा रु,’ उनले भने ।
सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसीसमेत व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरूले सरकारलाई सहयोग गरेको भन्दै धन्यवादसमेत दिए । उनले संसद दुईपटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरूले त्यसलाई जोगाएको पनि बताए ।
क्ष्कष्लिनतयलमबख
प्रधानमन्त्री देउवाले मुलुक बिजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग बिजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्