नेकपा एमाले गोरखा क्षेत्र नं १ का उम्मेदवार रामशरण बस्नेत को हुन् ?
गोरखा । बि.स. २०१८ साल मंसिर १८ गते बुवा लिला बहादुर र आमा सिद्ध कुमारी बस्नेतको कोखबाट साविकको नारेश्वर ८ घलाङमा जन्मिएका रामशरण बस्नेत २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट जननिर्वाचित सांसद हुन् ।
२०३२ सालमा ७र८ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनितीमा लागेका उनी पार्टी भित्र र बाहिर इमान्दार तथा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०३२ सालदेखि राजनितीमा होमिएका बस्नेत २०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
२०५२ मा एमाले पार्टीको गोरखा जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए । २०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
हाल एमालेको केन्द्रिय सदस्य एवं गोरखा र मनाङ जल्लाको ईन्चार्जको जीम्मेवारी पाएका बस्नेतले २०७४ को प्रदेशसभा चुनावमा नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका थिए ।
२०७४ फागुन ४ गते बिस्तार भएको मन्त्रीमण्डलबाट गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएको उनले केही समयपछि भौतिक पुर्वाधार मन्त्रालय समाल्ने अबसर पाएका थिए । प्रदेश सरकारका प्रवक्त समेत रहेका उनले केही समय आन्तरिक मामिला तथा कानुन मन्त्रायको जिम्मेवारी पनि समालिसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #गोरखा क्षेत्र नं १, #नेकपा एमाले गोरखा क्षेत्र नं १ का उम्मेदवार रामशरण बस्नेत को हुन् ?, #रामशरण बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्