निर्वाचनका लागि नेपाल तरुण दलले खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो ।
साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तरुण दल, #निर्वाचनका लागि नेपाल तरुण दलले खटायो केन्द्रीय प्रतिनिधि, #नेपाली कांग्रेस, #नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्