Techie IT
आईतबार, मंसीर ८,२०८२

केपी ओलीको अगाडि शेरबहादुर देउवा ‘भेलु बाजे’जस्तै हुन् : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनले अझैसम्म भावी प्रधानमन्त्रीको तय गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि शेरबहादुर देउवा ‘भेलु बाजे’ जस्तो भएको तुलना गर्नुभयो ।

नेता बस्नेतले भन्नुभयो, ‘हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका छौं। गठबन्धनले अहिलेसम्म को भावी प्रधानमन्त्री भन्ने भन्न सकेको छैन ।’

हाँस्य क्षेत्रका साथीहरु के भन्न थालेका छन् भने अध्यक्ष ओलीको अगाडि शेरबहादुर देउवा त भेलुबाजे जस्तै हो,’ नेता बस्नेतले भन्नुभयो, ‘भेलुबाजे जस्तो प्रधानमन्त्री यो मुलुकले कतिचोटी खेप्ने ?’

वर्तमान गठबन्धन सरकारले सिन्को समेत नभाँचेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओलीको अगाडि शेरबहादुर देउवा ‘भेलु बाजे’जस्तै हुन् : महेश बस्नेत, #केपी शर्मा ओली, #नेकपा एमाले, #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्