कैलालीमा कांग्रेसका बागीसहित १० जनालाई निष्कासित
कैलाली । नेपाली कांग्रेस कैलालीले सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरेको छ।
कांग्रेस जिल्ला कार्यसमिति कैलालीले बागी उम्मेदवार दिने ६ जना उम्मेदवार र तिनका प्रस्तावक, समर्थकलाई समेत ५ वर्ष साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
कारबाही पर्नेमा कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविन कुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२) की भगवती पाठक ओझालाई कांग्रेसले कारबाही गरेको छ।
उम्मेदवार सहित तिनका प्रस्तावक समर्थक गरेर १० जना कांग्रेसको कारबाहीमा परेका हुन्। भरत कुमार शाहीका समर्थक कमल कुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्रीलाई निष्काशित गरेका छन्।
यस्तै, क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि कांग्रेसले कारबाही गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलालीमा कांग्रेसका बागीसहित १० जनालाई निष्कासित, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्