किड क्वीन-२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

काठमाडौं । चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल-२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।
भक्तपुर सूर्यविनायककी इप्सा प्रजापति फस्ट रनरअप र कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप घोषित भए । विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ति रेग्मी मिस ट्यालेन्ट फस्ट रनरअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनरअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवाक र प्रार्थना बज्राचार्य मिस क्युट घोषित भए ।
कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं पूर्वमिस नेवाः सुनिता डंगोल रहेकी थिइन् । कार्यक्रमको निर्णायकमा समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोललगायत थिए । उपप्रमुख डंगोलले समाजका लागि यसखाले प्रतियोगिता उपयोगी हुने बताइन् । ‘मैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरें । बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनुभएको छ । त्यसैले आफ्ना बालबालिकासँग भएको प्रतिभा पहिचान गर्नुपर्छ,’ उनले भनिन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्