शर्मिला तामाङको ठेला महानगरको कब्जामा
काठमाडौँ । अपराह्न १२: २० बजे बिहीबार महानगरपालिकाको सेतो टाटा ट्रक थापाथलीको प्रसुतिगृहको पूर्वी गेटमा आएर रोकियो । नजिकै लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीला तामाङ आफ्नो ठेलामा चिया र चटपटे व्यापार गर्दै थिइन् । महानगर प्रहरीहरू एक्कासी आएर उनको ठेलाका सामान छरपस्ट पार्न थाले । उनको ठेला खाली गराएर महानगरको गाडीमा राख्न खोजियो ।
शायद उनले आफूसँग यस्तो हुन्छ होला भन्ने सोच्नसमेत भ्याइनन् होला । त्यही भएर महानगरप्रहरीले ठेला नियन्त्रणमा लिइसक्दा पनि उनका हातहरूले त्यो ठेलालाई छाड्न मानिरहेको थिएन । रोइकराइ गरेर बरु त्यही ठेलासँगै महानगरको गाडीमा चढिन् शर्मिला । रुँदै कराउँदै ठेला नियन्त्रणमा लिएका नगरप्रहरीसामू हारगुहार गरिरहिन् ।
२०७८ चैत १ मा कान्तिपुरकर्मी मधु शाहीले ुपुन्टे छोरो, ठेला र स्वाभिमानु नामक शीर्षकको रिपोर्टमा शर्मिला तामाङले २ वर्ष अघि पहिलो लकडाउनमा उनका श्रीमान्ले उनलाई र छोरालाई छाडेर गएको बताउँथिन् ।दैनिक जीवनयापन गर्न गाह्रो भएपछि २ हजारमा नाङ्लो व्यापार सुरु गरिन् र पछि एक जना मनकारीले उनलाई ठेला किनिदिए । त्यही ठेलाको व्यापारले दैनिक ५ सयदेखि १ हजार रूपैयाँसम्म कमाउने गर्थिन् । पछि उनका श्रीमान् पनि बिरामी भए।
२०७८ चैत १ मा ठेलामा चटपटे बनाउँदै गरेकी शर्मिला तामाङ र उनका १८ महिनाका छोरा । तस्बिर स् मधु शाहीरकान्तिपुर
सूर्ति‚ चुरोट‚ चिया र चटपटे बेचेर आफ्ना बच्चा र बिरामी श्रीमान्को रेखदेख गर्न सघाएको त्यही ठेला पनि अहिले काठमाडौं महानगरपालिकाको कब्जामा परेको छ ।
थापाथली चोकमा अन्य सडक व्यापारीका सामग्री नियन्त्रणमा लिनका लागि रोकिएको महानगरको गाडी र ठेलासँगै सवार शर्मिला ।
काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउनुका साथै फुटपाथ र सडकपेटीमा व्यापार गर्ने व्यापारहरूलाई नियन्त्रणमा लिँदै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शर्मिला तामाङको ठेला महानगरको कब्जामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्