बाँके तटीय बस्तीका तीन सय परिवार डुबानमा
बाँके। अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखेको जानकारी दिनुभयो । राप्ती नदी र डुडुवा नालाको बीचमा पर्ने चौफेरी गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो । डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । कच्ची घर भत्कन थालेका छन् । विस्थापितहरू गाँसबासको समस्यामा छन् ।
राप्तीनदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । सो क्षेत्रमा डुबान तथा बाढी प्रभावित भएका करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको हो ।
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्नका लागि बाँकेका प्रजिअ खत्रीको नेतृत्वमा गएको टोली बाढीका कारण प्रभावित स्थान पुग्न नसकी खडैचाबाटै फर्केको छ । “डुडुवा बढी प्रभावित छ, नगरमै डुबानको समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “घरघरमा पानी पसे पनि मानवीय तथा चौपाया क्षति भने भएको छैन”, नगरकै वडा नं १८ र २० मा भने डुबान भएको उहाँले बताउनुभयो । डुबानबाट प्रभावित ८६ जनालाई स्थानीय आदर्श माविमा राखिएको छ ।
बाढीले गाउँ नै डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ । रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो । गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तटीय बस्तीका तीन सय परिवार डुबानमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्