Techie IT
बिहीबार, कात्तिक २७,२०८३

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ ।

भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मङ्सिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिनुभएको थियो ।

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट


तपाईको कमेन्ट लेख्नुहोस्