सत्तागठबन्धनले जारी गरेको विज्ञप्तिप्रति लोसपाको आपत्ति
काठमाडौ । सत्तागठबन्धनले बुधबार जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आपत्ति जनाएको छ। गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले जारी गरेको विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले जनाएको छ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ती जारी गर्दै सर्लाही २ मा गठबन्धनका महिन्द्रराय यादव साझा उम्मेदवार रहेका जनाएका थिए।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन्। सत्तागठबन्धनकाे उक्त विज्ञप्ती कांग्रेस सभापति देउवासँग आश्विन २२ मा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ।
लोसपाले सर्लाही २ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क)मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क)मा लोसपाको उम्मेदवार हुने सहमति भएको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #लोकतान्त्रिक समाजवादी पार्टी, #सत्तागठबन्धन, #सत्तागठबन्धनले जारी गरेको विज्ञप्तिप्रति लोसपाको आपत्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्