गोरखा १ मा राप्रपाले एमाले नेता रामशरण बस्नेतलाई सघाउने
गाेरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गोरखाले क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेद्धवारलाई सघाउने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष कुलबहादुर बस्नेतले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार रामशरण बस्नेतलाई सघाउने निर्णय भएको जानकारी दिए ।
बस्नेत २०४९ र २०५४ गरी २ पटकसम्म तत्कालिन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भईसके । २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट कांग्रेसका राजेन्द्र बजगाईँलाई नै हराउँदै उनी सांसद हुँदै मन्त्री बनेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि बस्नेत र बजगाईँबीच प्रतिस्पर्धा हुनेछ । बजगाईँ सत्तारूढ दलको तर्फबाट उम्मेदवार बनेका हुन् ।
२०३५ सालदेखि कन्युष्टि आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए ।बस्नेतले गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्री हुँदा गोरखामा उल्लेख्य बिकासका कामहरु गरेको भन्दै चौतर्फी प्रशंसा हुने गरेको छ ।आफु सत्तामा हुँदा गरेको जनपक्षीय कामका आधारमा जनताको मत पाएर आफुले जित्ने बस्नेत दाबी गर्छन् ।
‘गठबन्धनको सरकार बनेको आज डेढ बर्ष बढि भईसक्यो । तर, जनताले के पाए ? यो सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा र बिकासका क्षेत्रमा कति काम गरे ?’, बस्नेत प्रश्न गर्छन्, ‘तर, एमालेको सरकार हुँदा गोरखाको मात्रै कुरा गर्ने हो भने पनि मेरै नेतृत्वमा सयौँ किलोमिटर सडक कालोपत्रे भए, दर्जनौँ पुलहरु बने, स्वास्थ्य संस्थाहरु बने, उत्तरी गोरखामा सडक सन्जाल जोडियो, हजारौँ घरघरमा बिजुली, खानेपानी पुग्यो । चौतर्फी बिकासका मुलहरु फुटे । त्यसको मुल्याङ्कन जनताले गरेका छन् । मलाई लाग्छ जनताले गठबन्धन हैन्, बिकास चाहान्छन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #गाेरखा, #गाेरखा १ मा एमालेका बस्नेतलाई राप्रपाकाे समर्थन, #गोरखा १ मा राप्रपाले एमाले नेता रामशरण बस्नेतलाई सघाउने, #रामशरण बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्