हत्याको आरोपमा एकजना पक्राउ
काठमाडौं । हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहिदनगर न.पा.१ चिरैया बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् ।
सोहि ठाउँ बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम
सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका अजोधी सहनीको न्युरो अस्पताल
बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #हत्याको आरोपमा एकजना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्