दशैं सुरु भएसंगै काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो
काठमाडौं । दशैं सुरु भएसंगै काठमाडौं रित्तिन थालेको छ । । उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेपछि काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढेको छ ।
घटस्थापनदेखि सुरु भएको दसैँको लागि हरेक दिन करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
ट्राफिक प्रहरीको आंकलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छोड्ने आकलन गरिएको ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।
ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दशैं सुरु भएसंगै काठमाडौंका प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो, #प्रमुख नाकाहरुमा गाडीको चाप बढ्दो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्