कागेश्वरी मनोहराका पूर्व मेयर कृष्णहरि थापाले छाडे नेकपा एस
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा (एकीकृत समाजवादी) छोडेका छन् ।
पार्टी नेतृत्वमा रहेका माधव कुमार नेपालको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका रहेको काठमाडौं–२ माधव कुमार नेपालको क्षेत्र हो ।
नेपालको अत्यन्तै निकटस्थ मानिने थापाले निर्वाचनको मुखमा पार्टी परित्याग गरेसँगै उक्त क्षेत्रमा माधव कुमार नेपाललाई ठूलो झड्का लागेको छ । किनभने पूर्वमेयर थापा माधव नेपालमा निक्कै नजिकका विश्वासपात्र समेत थिए ।
थापाले आज शनिबार बिहान सामाजिक सञ्जालमा दशैंको शुभकामना सन्देश जारी गर्दै पार्टी छोडेको घोषणा समेत गरेका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि नै असन्तुष्ट रहेका थापा नेकपा एसका केन्द्रीय लेखा आयोग सदस्य थिए । उनी काठमाडौं–२ का अति प्रभावशाली कम्युनिष्ट नेताका रुपमा परिचित छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कागेश्वरी मनोहराका पूर्व मेयर कृष्णहरि थापाले छाडे नेकपा एस, #कृष्णहरि थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्