रातो मासु खाँदा क्यान्सरको जोखिम : चिकित्सक
चितवन । चिकित्सकहरूले रातो मासु खाँदा क्यान्सरको जोखिम हुने बताउनु भएको छ । चाडपर्वको खाना र स्वास्थ्य विषयक चिकित्सक– पत्रकार अन्तर्क्रिया कार्यक्रममा उहांँहरुले रातो मासु धेरै नखान सुझाव दिनु भएको हो । रातो मासु जुनसुकै तरीकाले पोलेर, तारेर र पकाएर खाँदा आन्द्राको, आमाशयको, प्रोस्टेट क्यान्सरको जोखिम हुने चिकित्सकको भनाई थियो । बिपी कोइराला क्यान्सर अस्पतालका वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. ध्रुवशरण शाहले रातो मासुका कारण पछिल्लो समय क्यान्सरका रोगी देखा परेको बताउनु भयो । ‘रातो मासु आफैँमा क्यान्सरको कारक हो उहाँले भन्नुभयो, रातो मासु चाहे पकाएर खानुस् या पोलेर, तारेर ।’
रातो मासु हुने पशुको मासु खान नहुने भन्दै उहाँले सेतो मासु स्वास्थ्यको लागि उत्तम हुने बताउनु भयो । दसैँजस्ता चाडपर्वमा माछा, कुखुरा तथा हाँसको मासु खान उहाँले सुझाव दिनुभयो । ‘रातो मासु थोरै खाँदा स्वास्थ्यमा त्यति असर नपुराउला तर यसले शरीरमा विषाक्त हर्मोन उत्पादन गर्न सघाउ पुग्छ ।’ उहाँले भन्नुभयो ।
डा. शाहले मासु खाए पनि सँगसँगै फलफूल र तरकारी लगायतका फाइबरयुक्त खानेकुराहरू खाँदा क्यान्सरको जोखिम कम हुने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरी दसैँको समयमा खानपानमा सन्तुलन कायम गर्न नसक्दा क्यान्सरदेखि अन्य दीर्घरोगहरुको समेत जोखिम हुने बताउनु भयो ।
चाडपर्वमा मासुजन्य बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरण शक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताउनुभयो । ‘एकै पटक धेरै मासु र चिल्लो पदार्थ खाँदा पेट देख्ने, डायरिया हुने, ग्यास्ट्रिक हुने सम्भावना रहेको बताउँदै डा. अग्रहरीले भन्नुभयो, “यस्ता खानाले ब्रेनमा पनि असर गर्छ, स्मरण शक्ति हराउन सक्छ ।”
यो सँगै प्याकेटका तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उहाँले बताउनु भयो । मासु मासुको बढी प्रयोगले दीर्घ रोग निम्ताउन सक्ने बताउँदै डा। अग्रहरीले भन्नुभयो “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनहरु असन्तुलित हुन्छ र मुटुको चाल र चाप बढाउँछ ।”
दसैँको समयमा चिल्लोपन कम भएको सन्तुलित खाना खान उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो “यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनु पर्छ ।” उहाँले थप्नुभयो “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” लामो समय फ्रिजमा राखेको मासु नखान सुझाव दिँदै त्यस्तो मासु खादै नखान उहाँको आग्रह थियो ।
मधुमेहका बिरामीहरूलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान उहाँले सुझाव दिनुभयो । मासुले मोटोपन, तौल बढाउने बताउँदै उहाँले भन्नुभयो “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रातो मासु खाँदा क्यान्सरको जोखिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्