चितवनमा सवारी दुर्घटना न्यूनीकरणका लागी टाइम कार्ड लागु
जिल्ल प्रहरी कार्यालय चितवनले जिल्लाका राजमार्गमा सवारी चलाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागु गरेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत प्रहरीले जिल्ला भएर पूर्वपश्चिम चल्ने लामो दूरीका यात्रुवाहक सवारीसाधन र ट्रिप्परलाई आज (शुक्रबार) देखि लागु हुने गरी टाइमकार्ड लागू गरिएको हो ।

सवारीसाधन चलाउँदा तीब्र गतिमा सवारी हाँक्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने अभिप्रायले उक्त कार्यक्रम गरिएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार राप्ती नगरपालिकाको लोथर र भरतपुर महानगरपालिकाको गोन्द्राङ क्षेत्र त्यस्तै, गोन्द्राङबाट मुग्लिङ र मुग्लिङदेखि फिस्लिङसम्म तोकिएको गति भन्दा बढी सवारीसाधन गुडाएको पाइए कारबाही गर्ने बताए ।

हामीले आजदेखी दुई भागमा विभाजन गरेर टाइम कार्डको व्यवस्था गरेका छौँ । उपरीक्षक अधिकारीले भने, अब राजमार्ग तथा सहरभित्रका सडकमा निश्चित गतिभन्दा बढीमा सवारीसाधन गुडाएमा चोकहरूमा खटिएका प्रहरीले कार्वाही गर्न सक्ने छन् । यी सडकमा चल्ने टिपरले तोकिएको स्थानमा अनिवार्यरूपमा टाइम कार्ड देखाएर अभिलेख गराउनु पर्ने छ । चेक प्वाइन्टमा जानकारी नगराई भागेमा वा तोकिएको समयभन्दा छिटो दूरी पार गरेमा सवारी ऐन अनुसार कार्वाही हुने उनलेे बताए ।

प्रहरीले चालकलाई सडक लेन अनुशासन पालना गराउन ठाउँठाउँमा प्रचार सामग्री राख्ने, लेन अनुशासन उल्लंघन गर्नेलाई प्रहरी कार्यालयमा प्रशिक्षण दिने लगायतका काम गर्ने भएको छ । चालकले सडक लेन अनुशासन पालना नगरेको र तीव्र गतिमा लापरबाहीपूर्वक टिपर चलाउने गरेका कारण दुर्घटना बढेको निष्कर्ष प्रहरीको छ । टाइमकार्ड लागू भएपछि दुर्घटना घट्ने प्रहरीको अनुमान छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्री सहित नारायणी यातायातका व्यवसायी संघका सञ्चालक शंकर गिरी र छाहारी यातायात व्यवसायी संघका सञ्चालक बद्री पौडेल लगायतको उपस्थिति रहेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्