लाल मोहम्मदको हत्या प्रकरण: ३ जना पक्राउ
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा २ जना पुरुष र एक जना महिला रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई आज महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने तयारी गरेको छ ।
गएको ३ असोजमा गोठाटारमा एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका ५५ वर्षीय मोहम्मदको गोली हानी हत्या भएको थियो ।
मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर कारमा गोठाटार फर्किएर कारबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार थियो ।
घटनास्थलको सीसीटीभी फुटेजमा रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएकाहरुले मोहम्मदमाथि गोली प्रहार गरेर भागेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका मोहम्मदको त्रिवि शिक्षण अस्पतालमा उपचाररतको क्रममा मृत्यु भएको थियो ।
मोहम्मद १० वर्ष जेल बसेर तीन वर्ष पहिला मात्र छुटेका थिए । गोलीकाण्डको पुरानो घटनासँग कनेक्शन रहेको आशंका गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा ३ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्