चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावपछि राप्रपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण, एकता घोषणा कार्यक्रममा बोल्दै लिङदेनले नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा मात्र त्यसको विकल्प भएको बताँउदै उनले ४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरेका हुन ।
‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ । मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’
काठमाडौं महानगर पालिकाको मेयरमा बालेन शाह निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको बताउँदै राप्रपाको पनि त्यस्तै अवस्था हुने बताए ।
राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको र उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने दाबी गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ : लिङ्देन, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्