नेपालमा संघीयता चाहिँदैन : रवीन्द्र मिश्र
काठमाडौं । विवेकशील साझा पार्टी छाडेर राप्रपासँग एकीकरण गर्नु पुगेका रवीन्द्र मिश्रसले भूराजनीतिकहिसाबले संवेदनशिल रहेको हाम्रो देशमा संघीयता नचाहिने दाबी गरेका छन् । नेपालमा आएको राजनीतिक परिवर्तनमा कुनै पनि योगदान नदिएका मिश्रले संघियता चाहिँदैन भन्नु कुनै अनौठो कुरा होईन् ।
बृहत ध्रुवीकरण,एकता घोषण कार्यक्रममा बोल्दै मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको टिप्पणी गर्दै नेपालमा विदेशी हस्तक्षेप बढेको मात्र होइन, आर्थिक हिसाबले पनि संघीयता नचाहिने बताएका हुन ।
‘हामी जस्तो भूराजनीति रुपमा संवेदनशील भएका देशमा संघीयता चाँहिदैन् । आर्थिक रुपमा मात्रै हैन् चाँहिदैन भन्ने कुरा मान्यता हो । ५२ सालमा माओवादीले हतियार उठाउँदा कांग्रेसको सरकार थियो । कि राष्ट्रिय प्रजातन्त्रको सरकार थियो ? लाउडा काण्ड , धमिजा काण्ड गर्दा खेरी संसद किनवेच गर्दा कस्को सरकार थ्यो ? तपाईहरुले विपि कोईराला गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईको सपना मारेर तपाईहरुले विचलन ल्याको हो की मैले ल्याएको ?देश लामो समयसम्म विकृतिबाट गाँजियो । देशमा हामी यसरी रजाँई गछौं मानौ यो देश तपाँई र मेरो पुस्ताको मात्रै हो । नियतिले तपाँई र मेरो पुस्तालाई रजाई गर भनेर दिएको देश हैन् यो ।’
विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज ल्याएपछि आफूमा विचलन आएको भन्ने सार्वजनिक टिप्पणीको प्रतिउत्तरमा मिश्रले आफूमा भन्दा कांग्रेसमा धेरै विचलन आएको दावी पेस गरका हुन । उनले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् ।
‘यो देशमा ६० प्रतिशत मानिस कृषक छन् । ६० प्रतिशत कृषक रहेको देशमा मलाई पनि हलो बोक्न कुनै लाज छैन’
विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्रसहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ उपाध्यक्ष पद पाएका छन् ।
रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन । उनी त्यहाँ काम गर्दै देशका बारेमा दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।
उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन् । उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यतः नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ । त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपालमा संघीयता चाहिँदैन : रवीन्द्र मिश्र, #रवीन्द्र मिश्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्