अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका–११ बन्चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका–६ वैशाखाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १६ मिलीग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे.७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त ठाउँमा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ७५ ग्राम सहित रामेछाप, रामेछाप नगरपालिका–८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका–५ पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम सहित ईलाम माई नगरपालिका–२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो
काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्