Techie IT
बुधबार, वैशाख ३०,२०८३

९८ हजार रूसी नागरिकहरु भागेर कजाकिस्तान आइपुगे


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुटिनले ’आरक्षित सेना’को आंशिक तैनाथ गर्न आह्वान गरेपछि ९८, हजार रुसी नागरिकहरु कजाकिस्तान प्रवेश गरेको कजाकिस्तानका अधिकारीहरूले मंगलबार बताएका छन्।

रूसी नागरिकहरू सैन्य तैनातीबाट बच्नका लागि छिमेकी देशहरूमा गएका खबरहरु आईरहेका बेला कजाकिस्तानको सरकारले आफ्नो देशमा अहिलेसम्म ९८ हजार रुसी प्रवेश गरेको बताएका छन्।

कजाकस्तान र जर्जिया पूर्व सोभियत संघको हिस्सा थिए र रुसी नागरिकहरू देश छोडेर कार, साइकल वा पैदल यात्रा गरी दुई देशमा प्रवेश गरिरहेका छन्।

कजाकस्तानका आन्तरिक मन्त्री मारात अख्मेतजानोभले पुटिनले आरक्षित सेनाको आंशिक तैनाथको घोषणापछि देश छोडेकाहरूलाई आपराधिक आरोपमा अन्तर्राष्ट्रिय वान्टेड सूचीमा परेनन् भने अधिकारीहरूले उनीहरूलाई देश निकाला नगर्ने बताएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #९८ हजार रूसी नागरिकहरु भागेर कजाकिस्तान आइपुगे


तपाईको कमेन्ट लेख्नुहोस्