आगामी माघमा काठमाडौँमा ११ औँ हाई एम सम्मेलन–२०२३ हुने
काठमाडौँ । नेपालको राजधानी काठमाडौँको म्यारियट होटलमा आगामी माघमा हाई एम सम्मेलन–२०२३ हुने भएको छ । एक दशकदेखि होटल निर्माणसम्बन्धी आर्किटेक्चर र ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनसम्बन्धी सम्मेलन गर्दैै आएको हाई एम सम्मेलन प्रालिले आगामी माघ १९ र २० गते उक्त सम्मेलन गर्न लागेको हो ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा होटलमा लगानी गर्न चाहने लगानीकर्ता, आर्किटेक्स ईन्जिनीयर, ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनलगायतको क्षेत्रमा ज्ञान प्रदान गरिनेछ । सम्मेलनमा नेपालबाहेक अन्य देशका होटल लगानीकर्ताको समेत सहभागीता रहने बताइएको छ । सन् २०१२ देखि सम्मेलन गर्दै आएको हाई एम प्रालिले यसअघि ६ पटक भारतको नयाँदिल्ली, दुईपटक श्रीलंकाको कोलम्बो, एक पटक भारतको आग्रा र एक पटक नेपालको काठमाडौँमा सम्मेलन गरिसकेको छ ।
हाई एम सम्मेलनका संस्थापक एवम् आर्किटेक्स अनिल शर्माले नेपालमा होटल निर्माणसम्बन्धी ज्ञान प्रदान गर्न उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । “विदेशी पाहुनालाई नेपाल आएर बस्न सुहाउने होटल निर्माण कसरी गर्न सकिन्छ भन्ने बारेमा सम्मेलनमा ज्ञान प्रदान गर्छौँ जसले गर्दा नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ,”– उहाँले भन्नुभयो । उक्त सम्मेलनबाट कसरी सस्तोमा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गर्न सकिन्छ भन्नेबारे ज्ञान समेत पाईने शर्माले बताउनुभयो । हाई एम प्रालिका संस्थापक एवम् आर्किटेक्स शर्माले सन् २०१७ मा नेपालमा हाई एम सम्मेलन गरेपछि नेपालमा गुणस्तरीय होटल निर्माण हुन थालेको उल्लेख गर्नुभयो ।
को हुन् हाई एम प्रालिका अध्यक्ष शर्मा ? होटल निर्माणसम्बन्धी आर्किटेक्चर र ईन्टेरियर म्यानेजमेन्ट, मानव व्यवस्थापनसम्बन्धी सम्मेलनमार्फत ज्ञान प्रदान गर्दै आउनुभएका शर्मा एक सफल आर्किटेक्स हुनुहुन्छ । झण्डै ४० वर्ष पहिले सन् १९८१ मा भारतको उत्तराखण्डमामा रहेको आईआईटी लुड्की विश्वविद्यालयमा आर्किटेक्स पुरा गर्नुभएका शर्माले हालसम्म भारत, नेपाल, काजस्तान, श्रीलंका र बंगलादेशमा १५० भन्दा बढी तारे होटलको आर्किटेक्स गरिसक्नुभएको छ ।
उहाँले नेपालको चर्चित होटल म्यारियट नक्साल, ह्यात प्यालेस, होलिडे इन एक्सप्रेस काठमाडौँ र पोखरा, ¥याडिसन विराटनगर, मङ्क्सी दरबारमार्गलगायतको आर्किटेक्स गर्नुभएको छ । यसबाहेक नेपालका अन्य होटलको समेत उहाँले आर्किटेक्स गर्दै हुनुहुन्छ । हाई एम प्रालिका सञ्चालक शर्माले नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफ्नो आर्किटेक्सबाट निर्माण भएका होटलले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल निर्माणले नेपालको आर्थिक विकास र अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आगामी माघमा काठमाडौँमा ११ औँ हाई एम सम्मेलन–२०२३ हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्