राम्रा काम गर्नेलाई एमालेले समर्थन गर्छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताउनुभएको छ ।
काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताउनुभयो ।
‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले भन्नुभयो– ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरी अर्को दल आउँछ ।’
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उहाँले भन्नुभयो– ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ ।’
जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उहाँले जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्