Techie IT
मंगलबार, मंसीर २,२०८३

आज राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच एकता हुँदै


काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह आज राप्रपामा समाहित हुने भएको छ ।

राप्रपा र रविन्द्र मिश्र समूहबीच आज (बुधवार) काठमाडौंमा एकता घोषणा सभा हुने भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मिश्र राप्रपाको सहअध्यक्ष हुने बताइएको छ ।

पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकताको सहमति भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा र रविन्द्र मिश्र


तपाईको कमेन्ट लेख्नुहोस्