अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाईे पक्राउ गरेको छ ।
ब्युरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
ब्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो ।
त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोइनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको छ भने १२ हजार भन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नम्बरको बोलेरो र भाडाको बस सहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको ब्युरोले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध लागूऔषधसहित ६ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्