नेपालको अर्थतन्त्रमा गम्भीर प्रकारका संरचनात्मक समस्या छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको अर्थतन्त्रमा गम्भीर प्रकारका संरचनात्मक समस्या रहेको बताएका छन् । उनले केही वर्ष अगाडी हाम्रै गतिमा रहेका देश अहिले हामी भन्दा डबल विकसित भएको बताउँदै नेपालको अर्थतन्त्र रुपान्तरण हुन नसकेको जिकिर गरे ।
आईतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथों स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुईतिहाइ जनसंख्या कृषिमा आश्रित रहेको देश समृद्ध नहुने धारणा राखे । उनले देशका ६५ प्रतिशत बढीलाई कृषिमा अल्झाएर देशको विकास नहुँने भन्दै त्यसतिर ध्यान नगएको तर्क राखे ।
बङ्गलादेश २० वर्ष अघिसम्म हाम्रै स्थितिमा थियो । त्यो पनि हामी भन्दा डबल भइसक्यो । तर, हामी किन यस्तोमा भइराखेका छौं । त्यसो भएको हुनाले हाम्रा गम्भीर प्रकारका संरचनात्मक समस्या छन् । अर्थतन्त्रको रुपान्तरण भएकै छैन् । कृषिमा दुईतिहाइ जनसंख्या कृषिमा आश्रित हुने देश संसारमा कोही समृद्ध हुन्छ ? ६५ प्रतिशत बढीलाई कृषिमा अल्झाएर राखेर देशको विकास हुन्छ ? त्यतातिर हाम्रो ध्यान गएको खै ।
उनले देशको व्यापार घाटा वर्षेनि बढ्दा पनि कारण खोजेर हल गर्न तर्फ कसैले चासो नदेखाएको आरोप लगाए । उनले व्यापार घाटा बढ्यो, सञ्चिति घट्यो भनेर एक अर्कालाई दोष दिएर बस्न नहुने उल्लेख गरे । मुलुकको अर्थतन्त्रलाई सुधार गर्न प्यान आवश्यक रहेको उनको भनाई छ ।
हामीले व्यापार घाटा बढ्यो, सञ्चिति घट्यो भनेको कति वर्ष भो हामीले कारण खोजेर हल गर्ने तिर हामी जाँदैनौं । एकअर्कालाई दोष दिएर बसेर हुँदैन् । अर्थतन्त्रलाई सुधार गर्न के गर्नुपर्छ, त्यो प्लान चाहियो हामीलाई ।
भट्टराईले मुलुकको द्रुत विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको औल्याए । उनले आर्थिक, सामाजिक र राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी मुलुक र विश्वको तुलनामा अझै धेरै काम गर्नुपर्नेमा जोड दिए । गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी रहेको भन्दै नवप्रवर्तनका लागि ‘थिङ्क ट्याङ्क’को आवश्यकता टड्कारो रहेको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल समाजवादी पार्टी, #बाबुराम भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्