Techie IT
बुधबार, वैशाख ३०,२०८३

बाहिरी हस्तक्षेप विरुद्ध चीनको कडा चेतावनी


 

अन्तराष्ट्रिय । चीनले आफ्नो स्वशासित टापुलाई पुनः एकीकरण गर्ने संकल्पको बाटोमा आउने जो कोहीलाई पनि उचित जवाफ दिने भन्दै विश्व नेताहरूलाई चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्र संघको महासभामा भने, “चीन एकताबद्ध हुँदा मात्रै ताइवान सागर क्षेत्रमा साँचो शान्ति हुन सक्छ ।”उनले भने “बाहिरी हस्तक्षेपको जवाफ दिन सबैभन्दा बलियो कदम चाल्नेछ ।”
चीनले ताइवानमाथिको आफ्नो दाबीको कडा प्रतिवाद गर्दै आएको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भयो ।
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको केही समयअगाडि भएको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव बढ्दै गएको हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चीनको कडा चेतावनी, #बाहिरी हस्तक्षेप विरुद्ध चीनको कडा चेतावनी


तपाईको कमेन्ट लेख्नुहोस्