Techie IT
बिहीबार, वैशाख २५,२०८२

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २२३ जना चालक कारबाहीमा


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् ।
यस्तै २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #२२३ जना चालक कारबाहीमा, #hot, #मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २२३ जना चालक कारबाहीमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545