राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न खडकालाई हस्ताण्तरण
काठमाडौं । नेपाली जनसंपर्क समिति पोर्तुगलले शनिवार परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गरेको छ । समितिका सभापति वकिल केसीको नेतृत्व मण्डलले शनिवार मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरेको हो ।
भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । पोर्तुगल प्रवेश गरिसकेपछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिससम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन माग गरेको छ ।
सो अवसरमा उक्त प्रावधानका कारण हुने समस्याहरुलाई समेटेर समितिका तर्फबाट जारी ध्यानाकर्षणपत्र समेत मन्त्री खडकालाई हस्ताण्तरण गरिएको थियो । उक्त पत्र बुझ्दै मन्त्री खडकाले समस्या समाधानका निम्ती आफुले पहल गर्ने वचनबद्धता व्यक्त गर्नुभएको समितिका सभापति केसीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्