चितवनको भण्डाराबाट तीन सय किलो लागूऔषध गाँजासहित भारतीय ट्रक बरामद

चितवन । चितवन प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित भारतीय ट्रक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (बिहीबार) बिहान पौने चार बजेको समयमा राप्ती नगरपालिका ५ स्थित भण्डारा चोकबाट ३ सय किलो गाँजासहित युपी ७८ बिटी ८५७० नम्बरको भारतीय ट्रक बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सवारी चेकजांँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएको लागूऔषध गाँजा बोकेको भारतीय ट्रक पुर्वबाट पश्चिम तर्फ जाँदै थियोे । ट्रकबाट गाँजा बरामद गरिए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका ट्रक चालकको पनि व्यापकमात्रामा खोजतलास भइरहेको छ । बरामद गरिएको गाँजा अहिले ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्