भीमफेदी बस दुर्घटना अपडेट: मृत्यु भएका ६ जनाको सनाखत
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी ३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज ३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्