Techie IT
बिहीबार, वैशाख २५,२०८२

सन्दीप लामिछाने दुबईबाट पक्राउ !


काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

लामिछाने दुबईबाट पक्राउ परेको नेपाल प्रहरीको स्रोतको दाबी छ । तर, प्रहरीले औपचारिक रूपमा लामिछाने पक्राउ परेको पुष्टि गरेको छैन् ।

लामिछानेलाई नेपाल ल्याउने तयारी सुरु भएको पनि स्रोतले जनाएको छ । प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोगमा लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

बलात्कारको आरोप लागेसँगै लामिछाने सम्पर्कविहीन भएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरिएका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर, नेपाल फर्किएका थिएनन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने दुबईबाट पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545