गठबन्धनको कुनै गन्तव्य छैन : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका दलहरुलाई आफ्नो गन्तव्य पत्ता लगाउन चुनौती दिनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘गठबन्धनलाई सोध्न चाहन्छु, तपाईंहरुको गन्तव्य के हो रु जसरी पनि सत्ता प्राप्त गर्ने। घुँडा टेकेर, उहाँहरुको पेन्ट सुरुवाल यसो माथि तान्न लगाएर हेर्नु त कस्तो भएको छ । जोत्दा जोत्दा गोरुको काँध बाक्लो भएको हुन्छ नि, त्यस्तै भएको छ। टेक्दा टेक्दा उहाँहरुको हालत त्यस्तै भएको छ।’
गठबन्धनलाई जसले कुवामा हालेको उसैले मात्र निकाल्न सक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुयो, ‘उहाँहरुलाई कुवामा जसले हाल्यो उसले मात्र निकाल्न सक्छ, अरुले सक्दैन्। उहाँहरु अस्तित्व रक्षाको प्रयासमा हुनुहुन्छ।’उहाँले माओवादी पार्टी नभई केन्द्रमात्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी भनेको पार्टी होइन त्यो केन्द्र हो। त्यो उसको नामैले भनेको छ।’
राजनीति भावनामा मात्र बगेर नहुने अध्यक्ष ओलीले बताउनु भयो । उहाँ भन्नुहुन्छ( ‘हल्लाका पछि कुद्नु बेग्लै कुरा हो। राजनीति भावनामा बगेर हुने कुरा होइन्। देशको प्रगती, सुरक्षा र परिवर्तन पनि भावनामा बगेर हुने कुरा होइन।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #गठबन्धनको कुनै गन्तव्य छैन, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्