Techie IT
मंगलबार, मंसीर २,२०८३

 झिंगे दाउले लगानी उठाएर नाफाको व्यापार गरिरहेको छ : ज्ञानेन्द्र देउजा


काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा झिंगे दाउले फड्को मारेको छ ।
गत भाद्र १७ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र झिंगे दाउले निकै नै चर्चापरिचर्चा कमाएको छ ।
प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेसंगै झिंगे दाउको सबै शो हाउस फुल भएका छन् भने दिनानुदिन दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।
झिंगे दाउले लगानी उठाएर नाफाको व्यापार गरिरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् ।

‘चलचित्र झिंगे दाउ, म आफैको पनि धेरै समयपछि आएको चलचित्र हो । चलचित्र बनेको आगाडी नै हो । लकडाउनपछि हिन्दी र नेपाली चलचित्र चल्नै गाह्रो परेको अवस्था थियो । कबड्डिले निकै नै राम्रो गरेको थियो । त्यसपछि सितको वर्षा भएको जस्तै, शुन्य अवस्थामा आयो । चलचित्र बनाउँदा मेहनत गरे नेपाली चलचित्र चल्छ र चलाउन सकिन्छ भने आत्मबल अहिले बढेको छ । सबैको माया पाउँदा खुशी लाग्छ । तपाईले भने जस्तै चलचित्र झिंगे दाउ रिलिज भएपछि नेपाली चलचित्र प्रेमी दर्शकहरु माँझ एउटा उत्साह ल्याएको छ । व्यापार पनि सन्तोष जनक नै भयो ।

चलचित्र झिंगेदाउको कथावस्तु जसरी पस्किएको छ त्यसले हाम्रो प्राचीन नेपाली समाजको प्रष्ट तस्वीर दिएको छ । चलचित्र झिंगेदाउका कलाकारले लगाएका पहिरनदेखि उनीहरुले प्रयोग गरेको भाषा शैलीले पुरानो समाजको चित्रण गर्छ ।
फिल्मको कथावस्तुमा देउरानी–जेठानीको झगडाले एउटा घर कसरी भाडिन्छ र कसरी सुन्दर संसार उजाड हुन्छ भन्ने देखाईएको छ । फिल्मका कलाकारहरुको अभिनय जिवन्त हुँदा यो चलचित्रले दर्शकलाई हलसम्म डो¥याएको हुनसक्ने बिश्लेषण गर्न कुनै द्धिविधा छैन ।
एउटी बिधवा आमाले दुखेजिलो गरेर हुर्काएका दुई छोराहरुको बिवाह पछि उत्पन्न पारिवारीक बिग्रहले भताभुंग भएको घर र ममतालाई भाग लगाउन नसक्ने भन्दै आफै घर छोडेर बृद्धाश्रम पुग्छिन् । वृद्धाश्रममा पुगेकी आमाको अन्तिम दृश्यबाट चलचित्र समाप्त भएकोले पुरानो कथा भएपनि नेपाली समाजमा बिद्यमान यस्ता घटनाहरुलाई घचघच्याएको छ ।

कथा पुरानो भएपनि बुहारीहरुका बिचको झगडाका कारण भएका बेमेलले उत्पन्न परिस्थिती पछि घर छोडेर हिडेकी आमाको कथा चलचित्र झिंगे दाउमा जसरी पस्कने प्रयास गरिएको छ त्यस्तो अवस्था अझैपनि नेपाली आमाहरुले भोग्दै आएका धेरै उदाहरण छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र देउजा, #झिंगे दाउ


तपाईको कमेन्ट लेख्नुहोस्