पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश
काठमाडौं । पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन् ।
खनाल लगायत अन्य ३ जनालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकार तानशाही बाटोतर्फ अघि बढेको र गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।
‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन । संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ । संविधान र कानुनको पालना नगरेर बुद्धिको होइन मसलका कुरा गरेर यो गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ गर्दै ओलीले सत्ता गठबन्धनलाई एमालेले प्रतिनिधिसभाको निर्वाचनबाट हटाउने बताएका छन् ।
खनालसँगै बिहिबार विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो ।
खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी समेत दिने भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्