वीरगंज भन्सारले दुई महिनामा २७ अर्ब १३ करोड राजस्व उठायो
वीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९/०८० को २ महिना अर्थात् साउन भदौमा २७ अर्ब १३ करोड २४ लाख ३६ हजार रुपैयाँ राजस्व असुली गरेको छ । भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई २ महिनामा ३४ अर्ब ४९ करोड ९६ लाख राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै २१ प्रतिशत कम राजस्व असुली भएको छ ।
चालु आर्थिक वर्षको २ महिनामा वीरगंज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको साथै भन्सारको यार्डमा अहिले १८ सय भन्दा बढी नयाँ गाडी जाँचपास हुन नसकेर थन्किएको कारण राजस्व असुली प्रभावित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताउनु भयो ।
वीरगंज भन्सार कार्यालयको यार्डमा अहिले झण्डै ९ अर्ब रुपैयाँ बराबरको गाडी थन्किएर बसेका छन् । त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत चुडालले बताउनुभयो ।
यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ९ अर्ब ८० करोड ९१ लाख २५ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ १२ अर्ब १२ करोड ३० लाख १५ हजार राजस्व असुली भएको छ । त्यसैगरी अन्त शुल्क तर्फ २ अर्ब ४१ करोड ६४ लाख ६८ हजार असुली गरेको चुडालले बताउनुभयो ।
त्यसैगरी वीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ १ अर्ब ६९ करोड ३ लाख १५ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १७ करोड १ लाख ६६ हजार असुली गरेको छ । यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ ४६ करोड ४७ लाख ८० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३८ करोड ३३ लाख ५ हजार राजस्व असुल गरेको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ को साउन भदौ महिनामा ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार रुपैयाँ राजस्व असुली गरी लक्ष्य भन्दा झण्डै २ अर्ब बढी राजस्व सङ्कलन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #वीरगंज भन्सार, #वीरगंज भन्सारले दुई महिनामा २७ अर्ब १३ करोड राजस्व उठायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्