गोरखाको कुन पालिकामा कति मतदाता ? हेर्नुहोस् तालिकासहित

गोरखा । आगामि मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखाका दुईलाख २० हजार ६३७ मतदाताले मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एकलाख १५ हजार ३९७ र क्षेत्र नं. २ मा एकलाख पाँच हजार २४० मतदाताले मतदान गर्न पाउने भएका निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
जसमध्य क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र कबाट ६० हजार ७४४ जना, प्रदेश क्षेत्र नं. ख बाट ५४ हजार ६५३ जनाले मतदान गर्न पाउने भएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र क बाट ५० हजार ३७६ जना र खबाट ५४ हजार ८६४ जनाले मतदान गर्न पाउने कार्यालयले जनाएको छ ।
गत स्थानीय तह निर्वाचनमा दुईलाख १८ हजार ५६३ मतदाता रहेकामा यसपटक दुईहजार ७४ मतदाता बढेर दुईलाख २० हजार ६३७ भएका हुन् ।
कार्यालयबाट प्राप्त तथ्यांकअनुसार यसपटक चुमनुब्री गाउँपालिकामा पाँचहजार १९४ जना मतदान कायम भएका छन् । धार्चे गाउँपालिकामा १० हजार ८९६ र आरुघाटमा १८ हजार ७६९ मतदाता कायम भएका छन् ।
त्यस्तै भीमसेनथापा गाउँपालिकामा १९ हजार ८३९ र गण्डकी गाउँपालिकामा १८ हजार ५७४ जना मतदाता कायम भएका छन् । त्यस्तै सहिद लखन गाउँपालिकामा २३ हजार ९७० र गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म १८ हजार दुईसय मतदाता कायम भएका छन् ।
त्यस्तै गोरखा नगरपालिकाकै वडा नं. ८ देखि १४ सम्म १७ हजार ५४८ र पालुङ्टार नगरपालिकामा ३२ हजार ८२८ मतदाता कायम भएका छन् । त्यस्तै सिरानचोक गाउँपालिकामा २१ हजार ४५२, अजीरकोट गाउँपालिकामा १२ हजार सातसय र बारपाक सुलीकोट गाउँपालिकामा २० हजार ७१२ जना मतदाता कायम भएका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि गोरखामा दुईसय २२ मतदानस्थल र तीनसय १७ मतदानकेन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गोरखाको कुन पालिकामा कति मतदाता, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्