भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन
काठमाडौँ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो ।
‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,’श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।
स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।
सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए ।
त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।
उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ र ‘बम्बई टू गोवा’को रिमेकमा समेत अभिनय गरेका छन् ।
उनी उत्तर प्रदेश फिल्म डेभलेभमेन्ट काउन्सिलका अध्यक्षसमेत भएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्