कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा ६ जना सहमहामन्त्री, केन्द्रीय सदस्य तथा अन्यसहित ४१ जना सदस्य थपिएका हुन् ।
सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे र जीवन परियार थपिएका हुन् । यस्तै, समितिमा केन्द्रीय सदस्यमध्ये मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र र नानु बाँस्तोला परेका छन् ।
त्यसैगरी अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरि, विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, स्वर्णीम वाग्ले, सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, अञ्जनी झा, अभिमन्युलाल सिंह, हरि दर्लामी मगर, रुद्र शर्मा थपिएका छन् ।
साथै, सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र सदस्य सचिवमा प्रदीप पराजुली मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्