Techie IT
बुधबार, साउन १,२०८२

राष्ट्रपति भण्डारीको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी छन् ।
संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने हुन्छ । पहिलो पटक संसदका दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले सन्देश सहित साउन २९ फिर्ता पठाएकी थिइन्।
संसदको दुवै सदनबाट पास भएको उक्त विधेयक पुनः भदौं २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्ता गठबन्धनको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545