क्लिनिङ भिसामा विदेश जान लागेका १५० कामदारलाई कुचो क्लिनिङले दियो तालिम
काठमाडौँ । कुचो क्लिनिङ एण्ड ट्रेनिङ सर्भिसेज प्रा. लि. ले ‘क्लिनिङ भिसा’मा विदेश जान लागेका कामदारलाई तालिम दिएको छ । कम्पनीले कैलाश म्यानपावरबाट मलेसिया जान लागेका १५० जना कामदारलाई २ दिने तालिम दिएको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान नहुँदा ठुलो समस्या भोग्दै आएका छन् । सोही कारण अत्याधुनिक सामग्रीहरूसहित कसरी सफाइ गर्ने भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको कम्पनीका सिइओ सौजन दुलालले जानकारी दिए । तालिम पाएसँगै कामदार खुसी भएका छन् ।
‘सरसफाइ सम्बन्धि काम गर्ने कामदारलाई सामान्य ज्ञान नहुँदा पनि एकदमै ठुलो समस्या भोग्दै आएका छन्’ उनले बेल मिडियासँग कुरा गर्दै भने,‘हामीले दिएको तालिमले अब विदेशमा गएर राम्रोसँग सरसफाइ गर्न सक्नुहुने छ । हामीले कसरी सरसफाइ गर्ने?, कुन प्रविधिको प्रयोग कहाँ गर्ने?, त्यसले के काम गर्छ ?, कस्ता केमिकल कहाँ प्रयोग गर्ने लगायतका सफाइ सम्बन्धि सबै जानकारी दिएका छौँ ।’
तालिम पाएसँगै उनीहरूले अब विदेशमा गएर सहज रूपमा काम गर्न सक्ने पनि उनको भनाई छ । तालिम ४०÷४० जनाको ग्रुप बनाएर दिइएको थियो । कुचो क्लिनिङले यस अघि पनि सरसफाइ सम्बन्धि पटक पटक तालिम दिँदै आएको थियो । तर यति ठुलो मात्रा तालिम दिएको भने पहिलो पटक हो ।
- कुचो क्लिनिङले लामो समयदेखि विद्यालय, कार्यालय, घर लगायत सबै क्षेत्रको सफाई सम्बन्धि काम गर्दै आएको छ । आगामी दिनमा पनि सरसफाइ सम्बन्धि कसैलाई तालिम चाहिएमा सम्पर्क गर्न सकिने पनि सिइओ दुलाल बताउँछन् । उनीहरूले हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुविधा दिइरहेका छन् भने आगामी दिनमा उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्