रोकिएन टुकुचा उत्खनन् कार्य, महानगरले गर्यो अदालतको आदेश उल्लंघन
काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाले पाटन उच्च अदालतको आदेश अवज्ञा गरेको छ ।
अदालतको आदेश अवज्ञा गर्दै महानगरपालिकाको नगर प्रहरीले आज पनि टुकुचा उत्खनन्को कार्यलाई निरन्तरता दिएका छन् । आज कमलपोखरी क्षेत्रमा टुकुचा उत्खनन् भइरहेको छ । महानगरपालिकाको डोजरसहितको टोलीले सोमबार हात्तीसार–कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।
महानगरले यसअघि जयनेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना तत्काल नहटाउन अल्पकालीन आदेश दिएको थियो । तर, महानगरले अदालतको आदेश उल्लंघन गर्दै आज पनि आफ्नो काम जारी राखेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगरले गर्यो अदालतको आदेशको उल्लंघन, #टुकुचा, #रोकिएन टुकुचा उत्खनन् कार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्