जबराको निवास खाली गर्न निर्देशन दिने गृहको तयारी

काठमाडौं । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी निवासमा आजपनि प्रहरीको निगरानी कायमै रहेको छ । हिजोबाट प्रहरीले निवासमा निगरानी बढाएको हो । जबरा संसद्को कार्यकाल सकिएसँगै आफूविरुद्ध लागेको महाभियोग स्वतः खारेज भएको भन्दै अदालत फर्कन खोजेपछि प्रहरीले उनीमाथि अवरोध पुर्याएको चर्चा छ ।
जबरा आँफैले आफूलाई नजरबन्द गरिएको प्रतिक्रिया दिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि स्थलगत अध्ययनको लागि जबरा निवास पुगेको थियो । आयोगले साँझ विज्ञप्ती जारी गरेर जबरालाई अवरोध नगर्न सरकारसमक्ष आग्रह गरेको थियो ।
त्यसको भोलिपल्ट आजपनि जबराको निवासमा प्रहरीको निगरानी कायमै रहेको बताईएको छ । जबराको सुरक्षार्थ खटिएका गार्ड पनि सरकारले फिर्ता बोलाएको छ । गृह मन्त्रालयले केही दिनभित्रै जबरालाई सरकारी निवास खाली गर्न निर्देशन दिने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्र शमशेर जबरा, #जबराको निवास खाली गर्न निर्देशन दिने गृहको तयारी, #प्रधानन्यायाधीश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्