Techie IT
सोमबार, वैशाख २२,२०८२

सांसद प्रकाशचन्द्र दवाडीले दिए गोरखाबासीलाई धन्यवाद


काठमाडौँ । नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखाबासीलाई धन्यवाद दिनुभएको छ ।

गण्डकी प्रदेशसभामा पाँच वर्षे कार्यकाल पुरा गरेका सांसद दवाडीले आज एक विज्ञप्ती जारी गर्दै गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट आफूलाई विजयी गराई गोरखाली जनताको पक्षमा पाँचवर्ष काम गर्न पाएको भन्दै धन्यवाद दिनुभएको हो । उक्त प्रदेशमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिका पर्दछन् ।

‘मेरो राजनीति समाजकै टेवाको लागि, मेरो राजनीति हजुरहरूकै सेवाको लागि’ भन्ने मूल नाराका साथ गोरखामा सामाजिक काम गर्दै आउनुभएका सांसद दवाडी विस २०७४ मंसीरमा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

“विस २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा मलाई गोरखा जिल्ला क्षेत्र नं २ प्रदेश ’ख’ बाट काँग्रेसको तर्फबाट निर्वाचित गराई पाँच बर्षसम्म निरन्तर जनताको सुख दुःख र विकास निर्माणसँग सम्बन्धित काममा तल्लिन रहने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु,”– सांसद दवाडीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उहाँले प्रदेशसभा सदस्यको हैसियतमा आफ्नो पाँचबर्षे कार्यकालमा के कति काम गर्न सकेँ भन्ने कुरा आम जनसमक्ष जगजाहेर रहेको बताउनुभयो । कामको दौरानमा कति कर्महरू गर्न सकेँ, कति योजनाहरू निर्माणकै चरणमा होलान्, काम गर्ने शिलशिलामा कतिपय कामहरू अपुरा रहन गएका पनि होलान्, त्यस्ता कामहरूलाई पूर्णता दिन आगामी दिनहरूमा समेत लाग्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशचन्द्र दवाडी, #सांसद प्रकाशचन्द्र दवाडीले दिए गोरखाबासीलाई धन्यवाद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545