जनता समाजवादी पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिनुभयो । उहाँले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रूप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताउनुभयो । प्रवक्ता सुमनले पार्टीका तर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिनुभयो ।
उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समानुपातिक उम्मेदवारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेको छ ।
पार्टीका शीर्षस्थ नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्द सूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ । सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ । सोही निर्णय बमोजिम आयोगले निर्वाचन प्रक्रिया सुरु गरेको हो । समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचनमा सहभागी हुने राजनीतिक दलले पार्टीका तर्फबाट असोज २ र ३ गते आयोगलाई बुझाउनुपर्ने समयावधि तोकिएको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्