आत्महत्यामा महिलाभन्दा पुरुषको संख्या ३ गुणाले बढी–प्रहरी महानिरीक्षक : धिरज सिंह
काठमाडौं । नेपाल प्रहरी माहानिरीक्षक धिरज प्रताप सिंहले नेपालको सन्दर्भमा आत्माहत्यासंग सम्बन्धित तथ्यांक उत्साहजनक नभएको बताएका छन् ।
नेपाल प्रहरीले संञ्चालन गरेको विश्व आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले आत्महत्याको संख्या निरन्तर बढ्दै गएको बताउदैं नेपाल प्रहरीले यो विषयलाई संधै प्राथमिकतामा राखेको बताएका छन् ।
“नेपालको सन्दर्भमा आत्माहत्यासंग सम्बन्धित तथ्यांक त्यती उत्साहजनक छैन् । आत्माहत्याको संख्या निरन्तर बढ्दैछ । ७७७८मा कोभिड १९ मा सबैभन्दा बढी ९९०४ जनालाई गुमायौं । आल सम्मको सबै भन्दा बढी ७१४१ जनाले आत्महत्याबाट ज्यान गुमाए ।”
नेपाल प्रहरीको एकल प्रयासमा यो समस्याको समाधान गर्न नसकिने हुँदा सरोकारवाला निकाएको पनि आवश्यकता पर्ने बताएका छन् । सबैले आफ्नो आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको थियो ।
आत्महत्या भनेको जानीजानी आफूले आफैलाई मार्छु भन्ने विचार र सोचाइ आउनु, योजना बनाउनु, मौकाको खोजी गर्नु र वास्तविक रूपमा जीवन समाप्त पार्नु हो ।
विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ। प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ। पचहत्तर प्रतिशत कम तथा मध्यम आम्दानी भएका राष्ट्रमा आत्महत्याको जोखिम पाइन्छ।
पुरुषहरूभन्दा महिलामा आत्महत्या प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या महिलाको भन्दा पुरुषको ३ गुणाले बढी छ । यसमा उमेर समूहको कुरा गर्दा १५ देखि २४ वर्षका बालबालिका, युवायुवती र वयस्क पर्छन् भने ७५ वर्ष भन्दा माथिकाले आत्महत्या गरेको पाइन्छ ।
एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ। नेपालमा प्रत्येक महिना २४ जनाले आत्महत्या गर्छन् र यो विश्वमै सातौं उच्च दर हुन गएको छ। २०७६÷०७७ मा मात्र ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #धिरज प्रताप सिंह, #नेपाल प्रहरी माहानिरीक्षक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्