चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ ।
नगरपालिकाले यो आर्थिक वर्षबाट सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो ।
नगरपालिका अन्तर्गतको पशु सेवा शाखाको कार्यक्रम अनुसार साउन १ गतेबाट सुत्केरी भई दूध दिँदै गरेका गाई भैँसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलब्ध गराइने छ ।
पालिकाभित्र दुधालु पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको व्यवस्थापन गरेको पशु सेवा प्राविधिक रविन्द्र सापकोटाले बताउनुभयो । गर्भिणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले नगरबाट अनुदान योजना ल्याइएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रति सुत्केरी गाईभैंसी बराबर रु २५ सय नगद किसानलाई उपलब्ध गराइने छ ।
पोषण अनुदानका लागि किसानले सम्बन्धित वडाको सिफारिस पत्र, पशु बीमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैँसीको बच्चासहितको रङ्गिन फोटो र सम्बन्धित पशु धनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनु पर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चौतारा साँगाचोकगढी नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्